मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

पर्यटकीय नगरी फाेक्सुण्डाेमा एक कराेडमा ६० वटा  शाैचालय 

विष्णुप्रसाद देवकोटा

डाेल्पा,माघ ९ गते ।डोल्पामा एक करोडको लागतमा ६० वटा शौचालय निर्माण गरिएको छ।विश्व परिचित फाेक्सुण्डाे ताल रहेकाे शे फाेक्सुण्डाे गाउँपालिकामा पर्ने तिलिङ र कराङमा गाउँमा शाैचालय निर्माण गरिएकाे हाे ।

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा शौचालय निर्माण गरिएपछि स्थानीयलाई सहज भएकाे छ ।

आर्थिक वर्ष २०७८/०८९ मा अर्थ मन्त्रालयबाट प्राप्त भएकाे  ५० लाख र गाउँपालिकाको ५० लाख गरेर  कुल एक कराेडकाे लागतमा वडा नम्बर २ मा पर्ने तिलिङ् र कराङ् गाउँमा शौचालय बनाइएको शे फाेक्सुण्डाे गाउँपालिकाका निवर्तमान अध्यक्ष टसी टुण्डुप गुरुङले बताए ।

दुई गाउँ तिलिङ र कराङ गरि १४५ घरधुरी रहेका छन्। पर्यटकीय हिसावले समेत महत्वपूर्ण मानिएकाे उक्त गाउँमा शाैचालय निर्माण पछि स्वदेशि तथा विदेशी पर्यटकहरुलाई सहज हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्