मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १३ , बिहीबार

विधुत जलनबाट घाइते बालिकालाई सासंद बुढाकाे आर्थिक सहयाेग

काठमाडौं ।पुस १४ गते । डाेल्पाकाे जुफलमा खुल्ला ठाउँमा राखेकाे ट्रान्सर्फमरबाट करेन्ट लागेर काठमाडौंमा उपचारत बालिकालाई प्रतिनिधि सभा सदस्य तथा पुर्व पर्यटन राज्य मन्त्री धन बहादुर बुढाले आर्थिक सहयाेग गरेका छन ।

विधुतजलन भएर  काठमाडौंकाे  सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार गराइरहेकी बालिका  साधाना शाहीलाई  उपचारमा सहयाेग हाेस भनेर सासंद बुढाले  बीस हजार रुपियाँ प्रदान गरेकाे स्वकीय सचिव भिम बुढाले जानकारी दिए ।

डाेल्पालि माझ लाेकप्रिय युवा नेताकाे रुपमा आफुलाई स्थापित गर्न सफल सासंद धनबहादुर बुढाले स्वास्थ्य उपचार लगायत शिक्षण कार्यमा समेत आर्थिक अभावमा झेलिएका सबैलाई सक्दाे सहयाेग गर्दै आएका छन ।

कमेन्ट गर्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन। * चिन्ह भएका विवरण आवश्यक छन्।

समाचार

सबै हेर्नुहोस्