मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बुधबार

त्रिपुरा मावि काटियाचौरदेखि जिल्लाभर: ७० वटै केन्द्रमा सर्वदलीय ‘ग्राउण्ड रुल’ तय

विष्णुप्रसाद देवकोटा

डोल्पा ।फागुन २१ मा हुने  प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जिल्लाका ७० वटै मतदान केन्द्रमा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएका छन्। यही क्रममा त्रिपुरा माध्यमिक विद्यालय, त्रिपुरासुन्दरी नगरपालिका–१ काटियाचौरस्थित केन्द्रमा पनि सर्वदलीय बैठक बसेर निर्वाचन पूर्व तयारीबारे विस्तृत छलफल गरिएको छ।

बैठकहरूमा निर्वाचन आचारसंहिता, मतदान प्रक्रिया, दलका मतदान केन्द्र प्रतिनिधिले पालना गर्नुपर्ने कानुनी सर्त, मतदाता परिचय तथा शान्ति–सुरक्षा व्यवस्थापनजस्ता विषयमा साझा ‘प्रोटोकल’ तय गरिएको छ। आचारसंहिताको अक्षरशः पालना, मतदातालाई प्रभावित पार्ने गतिविधि निषेध, मतदान केन्द्र वरपर अनावश्यक भीड नियन्त्रण तथा उक्साहटपूर्ण अभिव्यक्तिमाथि कडाइ गर्ने विषयमा सर्वपक्षीय सहमति जुटेको छ।

विशेषगरी मतदानको दिन उत्पन्न हुनसक्ने विवाद समाधानका लागि संयन्त्र स्पष्ट पार्दै कुनै पनि अवाञ्छित गतिविधिमा प्रचलित कानुनअनुसार कारबाही गरिने त्रिपुरा माबि काटियाैर मतदान केन्द्रका मतदान अधिकृत डाईमण्ड जी पुनले बताए ।उनका अनुसार वारिसनामा मतदान गर्दा एकाघर खुल्ने पहिलाे हकदारले वाहेक अन्यले मतदान गर्न नपाउने र गर्भवती महिला अशक्त जेष्ठ नागरिक र अपाङ्गलाई लाइनमा बस्नु नपर्ने निर्णय समेत भएकाे छ ।

भौगोलिक विकटता र यातायातको सीमित पहुँचबीच पनि जिल्लाभर निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी परिचालन भइसकेको सन्दर्भमा यी बैठकलाई ‘अन्तिम राजनीतिक समन्वय र अनुशासनको आधाररेखा’का रूपमा लिइएको छ।

समाचार

सबै हेर्नुहोस्